सुनसरी पछि प्रेस चौतारी ओखलढुंगामा महिला नेतृत्व

न्युजलय २९ पुस २०७८, बिहिबार ०७:१८ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगामा प्रेस चौतारी नेपालले पत्रकार महिलालाई जिल्ला अध्यक्ष चयन गरेको छ । बुधवार भएको चौथो जिल्ला अधिवेशनबाट सरस्वती बानियाँ अध्यक्ष निर्वाचित भएकी हुन् ।

यसअघि सुनसरीको अध्यक्षमा पनि सुभद्रा प्याकुरेल चयन भएकी थिइन् ।

अधिवेशन उद्घाटन समारोहमा एमाले जिल्ला अध्यक्ष शंकर कटुवाल, पूर्व अध्यक्ष मोहन श्रेष्ठ, सचिव कमल न्यौपाने, जिल्ला कमिटी सदस्य अस्मिता थापा लगायतका नेताहरु उपस्थित थिए ।