काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा २०२४ अन्तर्गत आयोजक नेपालले आफ्नो पहिलो खेल खेल्दैछ।
नेपालले आज साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानसँग खेल्न लागेको हो।
समूह ‘बी’ मा रहेको नेपाली टोलीमा फरवार्ड सावित्रा भण्डारी हुनेछैनन्। उनी फ्रान्सबाट आइतबार मात्र नेपाल आइपुग्नेछिन्।
साफमा नेपाल र भुटानबीच अहिलेसम्म ४ खेल भएको छ। जसमा नेपालले चारै खेलमा जित निकालेको छ।