काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।