फिल्म ‘प्रेमगीत ३’ लिएर मनिषा र गोविन्दा कपिल शर्मा शोमा जान तयार

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०३:०८ मा प्रकाशित

काठमाडौं । कलाकार मनिषा कोइराला र गोविन्दाले नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । 

उक्त चर्चित भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति दिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

शोमा भाग लिन ‘प्रेमगीत ३’ का भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका छन् । तर कपिलले चाहिं यसबारे निधो दिइसकेका छैनन् । 

यसैसाता ‘प्रेमगीत ३’ का निर्माता र कलाकारसँग मनिषाको मुम्बईस्थित निवासमा यसबारे छलफल भएको थियो । उनले सामाजिक सञ्जालबाट पनि फिल्मको प्रमोसन गरिरहेकी छन् ।

 ‘प्रेमगीत ३’ असोज ७ गते नेपाल भारतसहित मुलुकमा प्रदर्शन हुँदैछ । भारतमा हिन्दी र नेपालमा नेपाली भाषामा रिलिजको तयारी छ ।