सेयर बजार २७३४ अंकमा झर्‍यो

न्युजलय २० मङ्सिर २०८१, बिहिबार ०३:२९ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अकंले घटेर २७३४.९३ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।