४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०२:०८ मा प्रकाशित

काठमाडौं । सिरहामा ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

सोमबार राति कल्याणपुर नगरपालिका ११ स्थित आँप बगैंचामा ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। 


बलात्कार आरोपमा धनुषा कमलामाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी २० वर्षीय शेषकुमार महतो छन्। उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले राति नै पक्राउ गरेको थियो। 


उनीमाथि थप अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।