काठमाडौ । प्रसिद्व हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गीत सार्वजनिक गरेका हुन् ।
गीतकार डा. दीपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा गीत सार्वजनिक गरिएको आचार्यले बताए ।
विशाल निरौलाको संगीत र एरेन्ज रहेको गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा खिचिएको छ ।
श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकर र रन्जन राई गीतको रेकर्डिस्ट हुन् । गीतको निर्माता सुशीला पौड्याल र गौपाल पौड्याल रहेका छन् ।