उदयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय ११ फाल्गुण २०८०, शुक्रबार ०३:०३ मा प्रकाशित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को २८ प ७०८६ मोटरसाईकल ठक्कर लागि दुर्घटना भएको हो । 

दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उदयुरगढी–६ का ३४ बर्षीय रत्न कुमार तामाङ र पछाडि सवार उनकै ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट ल्याईएकोमा उपचारको क्रममा रत्न कुमार तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक ४० वर्षीय बिनोद कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।