जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

न्युजलय १० फाल्गुण २०८०, बिहिबार १२:०९ मा प्रकाशित

इलाम । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् । 

उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई मानेभञ्ज्याङबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।