काठमाडौं । इराकको कात शहरको एक सपिङ मलमा भीषण आगलागी हुँदा ५५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले आगलागीमा फसेकाहरुको खोजी जारी रहेको जनाएको छ ।
इराकी सरकारी मिडियाकाअनुसार बुधबार राति भवनका धेरै तलामा आगो लागेको थियो, जुन अहिले नियन्त्रणमा आएको छ ।
उक्त मल पाँच दिन अघि मात्र खोलिएको थियो । ५० वर्षका डाक्टरले आगलागीमा आफ्नो परिवारका पाँच सदस्य गुमाएको बताएका छन् ।