काठमाडौं । बेमौसमी वर्षाले नेपालको २० प्रतिशतसम्म धानबालीमा क्षति भएको नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमले जानकारी दिएको छ । अझै लगातार पानी परिरहेकाले थप क्षति हुन सक्ने कार्यक्रमको अनुमान छ ।
कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका अनुसार यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो । तर काटेर राखेको धान भित्राउन नपाइ खेतमै डुबान र बाढीले बगाउँदा पूरै क्षति हुन पुगेको छ । अहिले प्रदेश १, २ र लुम्बिनीका गरेर करिब २५ जिल्ला बढी प्रभावित छन् ।