खोटाङ । खोटाङको हलेसीमा बौद्ध धर्मावलम्बीले विश्व शान्ति पूजा गरेका छन् । विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन् ।
धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक पूजाआजा गरेका थिए । धर्मगुरु नाटा रिम्पोछेबाट अभिषेक प्रदान गर्दै बुधबार विश्व शान्ती पूजा समापन गरिएको हो। कोभिडको महामारीका कारण केही वर्ष यता विश्व शान्ति पूजा हुन नसकेको जनाइएको छ।