मेष । आज साथीभाइ वा समूहसँगको कामले नयाँ अवसर ल्याउनेछ। नेतृत्व र निर्णयका विषयमा सक्रियता देखिनेछ। राजनीति वा सामाजिक भूमिकामा पनि प्रभाव बढ्ने संकेत छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष । आर्थिक र शिक्षा सम्बन्धी विषयमा ध्यान जान सक्छ। सहकार्य र मित्रवत व्यवहारले लाभ दिलाउनेछ। पुराना योजना पुनः विचार गरेर अघि बढाउन सकिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन । विचार र मिठो बोलीले अरूलाई प्रभाव पार्न सकिनेछ। साना नेतृत्व जिम्मेवारी र धार्मिक मार्गदर्शन लाभदायक हुनेछ। सुझाव र शिक्षा क्षेत्रमा नयाँ अवसर पाइने संकेत छ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट । मनभित्रका कुरा आज बाहिर प्रकट हुन सक्छन्। भावनामा अलि संवेदनशीलता देखिए पनि निर्णयमा सोच उपयोगी हुनेछ। घरपरिवार र व्यक्तिगत जिम्मेवारी सन्तुलित राख्नुपर्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह । आज नेतृत्व र सामूहिक काममा सक्रिय रहनुपर्ने दिन हो। सामाजिक प्रतिष्ठा र पदमा समान्यतया वृद्धि र वढोत्तरी देखिन्छ। हजुरको बोलि र व्यवहारले अरूलाई प्रभावित गर्नेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या । शिक्षा अध्ययन वा नयाँ ज्ञान प्राप्तिमा समय दिनु लाभदायक रहनेछ। साझेदारी र सहकार्यले राम्रो नतिजा ल्याउन सहयोग गर्नेछ। थकान महसुस भए पनि धैर्यता राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।
तुला । आज सम्बन्ध र सामाजिक भूमिकामा सक्रियता देखिनेछ। राजनीतिक वा संगठनात्मक जिम्मेवारी लिन मन लाग्न सक्छ। सम्भावित छलफल र सुझावले निर्णयलाई स्पष्ट बनाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक । सृजनशीलता र गहिरो सोच आज लाभदायक रहला। नेतृत्व वा शिक्षासँग सम्बन्धित जिम्मेवारीले लाभ दिन सक्छ। आत्मविश्वास र स्पष्ट निर्णयले सम्मान बढाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
धनु । आज भावनात्मक उतार चढाव सम्भव छ होसियार रहनुहोला। सम्बन्ध र साझेदारीमा सोच र समझ आवश्यक छ। सकारात्मक निर्णयले भविष्यमा लाभ दिलाउनेछ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।
मकर । घरपरिवार सम्बन्धी जिम्मेवारी र शिक्षा सम्बन्धित योजना दुवै सक्रिय रहनेछ। हरेक कुरामा संयमता अपनाउँदा तनाव घट्नेछ। पुराना कुरा सम्झेर नयाँ दिशा लिन लाभदायक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । बोली र व्यवहारले अरूलाई प्रभावित गर्ने योग छ। आफन्तहरू र मित्रताको सहयोगले विशेष लाभ दिनेछ्। जोखिमपूर्ण निर्णय टार्नु राम्रो रहनेछ। कार्यमा स्थिरता कायम राख्नु आवश्यक छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।
मीन । सिर्जनात्मक र भावनात्मक काममा दिन अनुकूल रहनेछ। मित्रता र व्यक्तिगत सम्बन्धमा मधुरता बढ्नेछ। साना नेतृत्व वा शिक्षासम्बन्धी अवसर पनि प्राप्त हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
स्रोत हाम्रोपात्रो