प्रि ओपन सेसनमा १४ अंक बढ्यो नेप्से

न्युजलय ५ पुस २०७८, सोमबार ०५:०४ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) को प्रि–ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ।

नेप्से  आज १४.०६ अंक बढेर २३९०.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.५१ अंक बढेको छ।

आज  प्रि ओपन सेसनमा १६ कम्पनीको १२ लाख १७ हजार ५०९ रुपैयाँ ८० पैसा बराबरको २ हजार ९०८ कित्ता सेयर कारोबार भएको छ।

कारोबारमा आएका मध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।