इनरुवामा थुनुवाको मृत्यु भएपछि झडप, प्रहरीसहित १० जनाभन्दा बढि घाइते

न्युजलय २४ असोज २०७८, आइतबार १२:२० मा प्रकाशित

 सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ ।

पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो । प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ । इनरुवा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।