झापा। झापामा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति कचनकवल गाउँपालिका–६ स्थित सडकमा मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका–४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।