इटहरी । इटहरीमा अटिजमसम्बन्धि दुई दिने जनचेतनामुलक तालिम सम्पन्न गरिएको छ ।अभिभावक तथा शिक्षकहरुलाई अटिजमसम्बन्धि जानकारी दिने उद्देश्यले इटहरी उपमहानगरपालिकाको आयोजनामा तालिम गरिएको हो ।
तालिममा झापा, मोरंग, सुनसरी र सप्तरीसमेतबाट गरी १५० जनाको सहभागिता रहेको थियो ।
तालिमको संयोजन सेतो गुरास आवि र भिन्न प्रतिभा विशेष विद्यालयले गरेका थिए । तालिममा भक्तपुरको नियो चाइल्ड क्लिनिकका समेद कटिला श्रेष्ठ र अन्कित भट्टराईले प्रस्तुती दिएका थिए ।
विश्व स्वास्थ्य संगठनले अटिजमलाई ग्लोबल पब्लिक हेल्थ क्राइसेस घोषणा गरेको छ । नेपालमा अटिजमका विरामी बढ्दै गएको रिपोर्टले देखाएको छ ।