खोटाङ । खोटाङमा दृष्टिविहीन दम्पतीले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका छन्।
केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका उमेश राई र उनकी श्रीमती सूर्यमाया लिम्बूले प्राथमिक तहमा नाम निकालेका हुन्।
मंगलबार गाउँपालिकाबाट उनीहरूले पदस्थापना पत्र लिएका छन्। जस अनुसार राई केपिलासगढी–२ खार्ताम्छास्थित शुक्रजित माविमा र लिम्बू केपिलासगढी–३ बासपानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिश भएका छन्।
यो दम्पतीले लेखक सहयोगी राखेर परीक्षा दिएका थिए। उनीहरूको २०७७ सालमा विवाह भएको थियो।
यसअघि राई विगत एक वर्षदेखि भगवती मावि बेलबारीमा राहतमा कार्यरत थिए। त्यसअघि उनले दृष्टिविहीनलाई पढाउने पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानमा सात वर्ष काम गरेका थिए। लिम्बू भने पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यपन गर्थिन्।