मट्टितेल खन्याएर श्रीमतीको हत्या प्रयास

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०९:२३ मा प्रकाशित

काठमाडौँ । ललितपुरको गोदावरीमा एक युवकले मट्टितेल खन्याएर आफ्नी श्रीमतीको हत्या प्रयास गरेका छन्।

गोदावरी–१३ का राजु देशारले मट्टितेल खन्याएर श्रीमती मुना देशारको हत्या प्रयास गरेका हुन्।

इँटाभट्टामा काम गर्ने देशार दम्पत्तीबीच बिहीबार बिहान झगडा पर्दा श्रीमान् राजु देशारले श्रीमतीलाई मट्टितेल खन्याएका थिए।

अहिले मुनाको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ । देशारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।