श्रीमतीको हत्या गरेको आरोपमा लिम्बु पक्राउ

न्युजलय १६ माघ २०८०, मङ्गलबार ११:५४ मा प्रकाशित

ईलाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा माङसेबुङ गाउँपालिका–२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार साँझ उनीहरूबीच झै–झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।