ओरालो लाग्यो नेप्से

न्युजलय २१ साउन २०८३, बिहिबार ०३:४१ मा प्रकाशित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। कारोबारको अन्त्यमा नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेको हो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्दा केवल एक उपसमूह मात्र बढेको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

नेप्सेका अनुसार आज ३४७ कम्पनीका १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।