धनकुटा । धनकुटामा तेस्रो धनकुटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा हिले माध्यामिक विद्यालयले प्रथम, जनकल्याण माध्यामिक विद्यालयले दोस्रो र गोकुण्डेश्वर माध्यमिक विद्यालयले तेस्रो स्थान हाँसिल गरेको छ ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ गोकुण्डेश्वर मावि सिरानबजार प्रथम, हिले मावि हिले दोस्रो, गोकुण्डेश्वर बाल मन्दिर मावि तेस्रो भएको छ । त्यस्तै भलिबल महिला तर्फ गोकुण्डेश्वर मावि सिरानबजार प्रथम, हिले मावि हिले दोस्रो, गोकुण्डेश्वर बाल मन्दिर मावि तेस्रो भएको छ ।
त्यस्तै १०० मीटर दौड पुरुषतर्फ प्रथम त्रिबेणी मावि चुलिवनका रोहन श्रेष्ठ, दोस्रो जनकल्याण मावि मार्गाका दिनेश दर्लामी र तेस्रो धनकुटा अंग्रेजी बोर्डिङ स्कूल धर्मराज विक भएका छन् । त्यस्तै, १०० मीटर दौड महिलातर्फ प्रथम बालसंसार आवासीय माविकी रिचा सुवेदी, दोस्रो गोकुण्डेश्वर मा वि सिरानबजारकी तिर्सना राई, तेस्रो देउराली मावि सान्ताङकी सीमा राई भएकी छन् ।
त्यस्तै २०० मीटर दौड पुरुष तर्फ त्रिबेणी मावि चुलिवनका रोहन श्रेष्ठ प्रथम, निजामती मावि चुलिवनका रविन्सन राई दोस्रो र गोकुण्डेश्वर बालमन्दिर माविका सन्दिप लिम्बु तेस्रो भएका छन् भने २०० मीटर दौड महिला तर्फ प्रथम बालसंसार आवासीय माविकी रिचा सुवेदी, दोस्रो गोकुण्डेश्वर मा वि सिरानबजारकी तिर्सना राई र तेस्रो जनकल्याण मा वि मार्गाकी अनिसा सुवेदी भएका छन् ।
त्यसैगरि, ४०० मीटर दौड पुरुषतर्फ प्रथम जनकल्याण मा वि मार्गाका दिनेश दर्लामी, दोस्रो गोकुण्डेश्वर मा वि सिरानबजारका निरज सारु मगर, तेस्रो निजामती मा वि चुलिवनका सुजन श्रेष्ठ भएका छन् भने महिला तर्फ प्रथम हिले माविकी विनिता तामाङ, दोस्रो देउराली मा वि सान्ताङकी अनुसा राई, तेस्रो गोकुण्डेश्वर वालमन्दिर मा वि सारदा थापा भएका छन् ।
यस्तै, ८०० मीटर दौड पुरुष तर्फ प्रथम जनकल्याण मा वि मार्गाका बिपिन श्रेष्ठ, दोस्रो धनकुटा अंग्रेजी बोर्डिङ स्कूलका अभिषेक लिम्बु र तेस्रो देउराली मा वि, सान्ताङ्का सक्षम राई भएका छन् भने महिलातर्फ प्रथम जनकल्याण मा वि मार्गाकी अनिसा सुवेदी, दोस्रो हिले मा वि हिलेकी अस्मिता खड्का र तेस्रो देउराली मा वि, सान्ताङ्की जसिका राई भएका छन् । १५०० मीटर दौड पुरुषतर्फ प्रथम जनकल्याण मा वि मार्गाका प्रतिक मगर, दोस्रो गोकुण्डेश्वर मा विका राजन राई र तेस्रो हिले मा वि हिलेका साजन दर्लामी भएका छन् भने महिलातर्फ प्रथम हिले मा वि हिलेकी सृजना राई, दोस्रो गोकुण्डेश्वर बालमन्दिर मा विकी अन्जु राई भएका छन् ।
यस्तै, ३००० मीटर दौड पुरुषतर्फ प्रथम जनकल्याण मा वि मार्गाका प्रतिक मगर, दोस्रो हिले मा वि हिलेका मोतिलाल मगर र तेस्रो गोकुण्डेश्वर मा विका विजय मल्लिक भएका छन् भने महिलातर्फ प्रथम गोकुण्डेश्वर बालमन्दिर मा विकी प्रतिस्रा भण्डारी, दोस्रो धनकुटा अंग्रेजी मा विकी सोनीया राई र तेस्रो हिले मा वि हिलेकी मोनिका सुनुवार भएका छन् । ४×१०० मीटर दौड महिलातर्फ प्रथम गोकुण्डेश्वर बालमन्दिर मावि, दोस्रो गोकुण्डेश्वर मा वि, तेस्रो जनकल्याण मा वि मार्गा बनेको छ भने पुरुषतर्फ प्रथम त्रिबेणी मा वि, दोस्रो निजामति आवासीय मा वि र तेस्रो हिले मा वि हिले बनेको छ ।
४×४०० मीटर दौड पुरुषतर्फ प्रथम जनकल्याण मा वि मार्गा, दोस्रो गोकुण्डेश्वर मा विर तेस्रो गोकुण्डेश्वर बालमन्दिर मा वि बनेको छ भने महिलातर्फ प्रथम हिले मा वि हिले, दोस्रो जनकल्याण मा वि मार्गा र तेस्रो गोकुण्डेश्वर मा वि बनेको छ ।
यस्तै, ज्याभ्लिन थ्रो प्रतियोगितामा पुरुषतर्फ प्रथम गोकुण्डेश्वर मा विका नवराज मगर, दोस्रो बाल संसार आवासीय मा विका युनेश श्रेष्ठ र तेस्रो गोकुण्डेश्वर बालमन्दिर मा विका ज्वाला राई भएका छन् भने ज्याभ्लिन थ्रो महिलातर्फ प्रथम गोकुण्डेश्वर मा विकी रोजिना राई, दोस्रो निजामती मा विकी टेनिसा लिम्बु र तेस्रो धनकुटा बोर्डिङ स्कूलकी आसिका राई भएकी छन् । सटपुट पुरुषतर्फ प्रथम गोकुण्डेश्वर बालमन्दिर मा विका सुदिप श्रेष्ठ, दोस्रो गोकुण्डेश्वर मा विका क्षितिज लावर र तेस्रो हिले मा वि हिलेका सुजन दर्लामी भएका छन् भने महिलातर्फ प्रथम गोकुण्डेश्वर बालमन्दिर मा विकी भूमिका श्रेष्ठ, दोस्रो निजामती मा विकी टेनिसा लिम्बु र तेस्रो गोकुण्डेश्वर मा विकी रोजिना राई भएकी छन् ।
त्यस्तै हाईजम्प पुरुष तर्फ प्रथम गोकुण्डेश्वर बालमन्दिर मा विका योगेश याम्फु, दोस्रो बाल संसार आवासीय मा विका युनिस, श्रेष्ठ र तेस्रो त्रिबेणी मा विका निश्चल श्रेष्ठ भएका छन् भने महिला तर्फ प्रथम हिले मा वि हिलेकी अस्मिता खड्का, दोस्रो गोकुण्डेश्वर बालमन्दिर मा विकी उपेक्षा राई र तेस्रो गोकुण्डेश्वर मा विकी वर्षा लिम्बु भएकी छिन् ।
गोकुण्डेश्वर मावि सिरान बजारले आयोजना गरेको प्रतियोगिताको सभापतित्व विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रकाश चापाँगाईले गरेका थिए भने कार्यक्रमको संचालन आयोजक विद्यालयका शिक्षक भक्त खड्काले गरेका थिए ।