काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला यू १९ विश्वकप छनोटका लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। बिहीबार क्यानले ती खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको हो।
सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।
बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुने क्यानले जनाएको छ। पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ।