खोटाङ । खोटाङमा जबरजस्ती बलात्कार मुद्धाका फरार दोषी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्धामा उच्च अदालत बिराटनगर अस्थायी ईजालस ओखलढुंगाले सात वर्ष कैंद सजाय सुनाएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका केशरबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
कैंद सजाय तोकिए पनि हालसम्म फरार रहेका खत्रीलाई पुस १९ गते गाउँघरमै फेला पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । जबरजस्ती बलात्कार मुद्धामा अदालतले २०७८ पुस २२ गते कैंद सजाय तोकेपछि प्रतिवादी खत्री फरार भएका थिए ।
पक्राउ परेका खत्रीलाई जिल्ला अदालतमा पेश गरेर कैंद भुक्तानको लागि जिल्ला कारागार शाखा खोटाङमा पठाइएको प्रहरीले जनाएको छ ।