तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०८:४५ मा प्रकाशित

 काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बिहीबार(आज) साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ ।

तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।

नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको छ ।