अर्जेन्टिना तेस्रोपटक विश्वकप च्याम्पियन बन्न सफल, मेस्सीले पाए गोल्डेन बल

न्युजलय ४ पुस २०७९, सोमबार १२:५० मा प्रकाशित

काठमाडौं । विश्वकप २०२२ मा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको छ। विश्वकपको ट्रफीमात्र नभएर व्यक्तिगत अवार्डमा पनि अर्जेन्टिनाकै खेलाडीले बर्चस्व जमाएका छन्। अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले प्रतियोगिताको उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जित्न सफल भएका छन्। 


अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन्। २१ वर्षिय मिडफिल्डर एन्जो फर्नान्डेजले मेक्सिकोविरुद्ध एक गोल गरेका थिए। 


लियोनल मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका छन् । यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।