इटहरी । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दवावका कारण प्रदेश १ को नामाकरणको विषय नटुङ्गीएको १ नम्बर प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । बिहिबार सुनसरीको बराहक्षेत्र नगरपालिकामा महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा बोल्दै उनले ओली प्रधानमन्त्री हुँदा उनकै दबावले प्रदेशको नामाकरण गर्न नसकीएको बताएका हुन् ।
ओलीले प्रदेशको नाम सिधै भूगोल वा नदिको आधारमा राख्न निर्देशन दिएको उनले जानकारी दिए । प्रदेश १ मा प्राचिन कालदेखि नै किँरात धर्मको बाहुल्यता रहेकाले आफूहरुले त्यो नामकारण गर्न भन्दै ओलीको निर्देशनलाई खण्डन गरेको जानकारी दिए । मुख्यमन्त्री शेरधन राई भएको समयमा उनि सोहि मन्त्रालयको जिम्मेवारीमा थिए । तत्कालीन नेकपाको बहुमतको सरकार रहेको प्रदेश १ मा चाहेको भए त्यहि समयमा प्रदेश सरकारको नामाकरण गर्न सकिने तर ओलीकै कारण रोकिएको उनको आरोप छ । ब्रमाह्णबादि र अति हिन्दुबादी सोच हावि भएर प्रदेशको नामाकरण रोखिएको उनको आरोप छ ।
अहिले एमाले बाहेकका अन्य दलको सरकार रहेकाले एमालेले सहमति गरे वा नगरे पनि प्रदेशको नामारकण गरेरै छोड्ने उनले बताए । यो पटक प्रदेश १ ले नाम पाउने उनको ठोक्वा छ । पहिचानसहित प्रदेश १ को नामाकरण गर्ने उनको जिकिर छ ।