नविल बैंकद्वारा लाभांश घोषणा

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०३:०३ मा प्रकाशित

काठमाडौं । नविल बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।


३८ प्रतिशतमध्ये बोनस ३३.६ प्रतिशत र नगद ४.४ प्रतिशत नगद प्रतिशत रहेको छ ।


बोनसको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।