काठमाडौं । नेपाल आइडलको विजेताले २७ लाख ५० हजार नगद प्राप्त गर्ने भएका छन् ।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबारको कार्यक्रममा पुरस्कार घोषणा गरेका हुन्।
विजेताले २७ लाख ५० हजार नगद प्राप्त गर्नेछन् भने फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद प्राप्त गर्नेछन्। अन्य सरप्राइज पुरस्कार पनि रहेको थापाले बताए।
पुरस्कार घोषणा गर्दै क्याप्टेन थापाले कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनको लागि नेपाल आइडल सफल भएको बताए।
नेपाल आइडलको २८औ शृंखला उत्कृष्ट–५ को धमाकेदार प्रस्तुतिसँगै रंगीन बनेको थियो। चैतको ५ गते नेपाल आइडल सिजन ४ को विजेता घोषणा गरिनेछ।