आमा बन्दै गायिका इन्दिरा जोशी

न्युजलय १३ चैत २०८२, शुक्रबार ११:३३ मा प्रकाशित

काठमाडौँ । गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालबाट उनले सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन् ।

टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएकी हुन् ।

उनलाई कलाकार र प्रशंसकले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग सन् २०२३ मा विवाह गरेकी थिइन् ।