ट्रम्पले ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै

न्युजलय २ चैत २०८१, आइतबार ०५:५२ मा प्रकाशित

 काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया र अन्य देशहरू समावेश छन् । उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाउने बताइएको छ ।

त्यस्तै दोस्रो समूहमा पाँच देशका नामहरू छन् । यसमा इरिट्रिया, हैटी, लाओस, म्यानमार र दक्षिण सुडान समावेश छन् । यी देशहरूलाई आंशिक निलम्बन लगाइने छ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई पनि असर गर्नेछ ।

त्यसैगरी तेस्रो समूहमा कुल २६ देशहरू समावेश छन् । यसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू समावेश छन् ।