इटहरी । एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटी यसपटकको बुढासुब्बा गोल्डकपको विजेता टिम हो ।
इटहरी रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा १–० को संघर्षपूर्ण जीत हात पारेको हो । एकमात्र गोल खेलको छैठौ मिनेटमा सगरमाथाका रिचार्डले गरेका थिए । निर्णायक गोल गरेका उनी खेलको म्यानअफद म्याच घोषित हुदै नगद १० हजार रुपैया हात पारे ।
सोमबारको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र झापा ११ फुटबल क्लबबिच प्रतिष्पर्धा हुन आयोजकले जनाएको छ ।