नेप्से परिसूचक २८.५९ अंकले घट्यो

न्युजलय १६ साउन २०८०, मङ्गलबार ०९:११ मा प्रकाशित

काठमाडौं ।  नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार (आज)  नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो।

आज २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख  ३४ हजार ८९९ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ८ करोड बढिको सेयर कारोबार गरी अपर तामाकोशी शीर्षस्थानमा रह्यो।

यस्तै शिवम सिमेन्टको ७ करोड र सोल्टी होटलको ६ करोड बढि रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने बाँकी १ को मात्रै बढ्यो।

म्युचुअल फण्डको ०.३५ प्रतिशतले सेयर मूल्य बढेको हो। आज १९६ कम्पनीको मूल्य घट्दा १७ को मात्रै बढ्यो। ३  उपसमूहको मूल्य भने स्थिर रहयो।