कोलकत्ता । कोलकत्ताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।
बुर्रा बजार क्षेत्रको एक होटलमा आगी हुँदा १४ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ। मंगलबार राति करिब सवा ८ बजेतिर ऋतुराज होटलमा आगलागी भएको बीबीसीमा समाचार छ।
आगलागीको एकिन कारण नखुले पनि बिजुलीको मिटर बक्स नजिकैबाट आगो लागेको देखिएको छ। आगो नियन्त्रणमा आइसकेको छ। दमकल र उद्दारकर्मीहरूले करिब एक दर्जन बढी मानिसको सकुशल उद्दार गरेका थिए।