काठमाडौं । बुधबार ६० अंकले बढेको नेप्से बिहीबार(आज) १७ अंकले घटेको छ।
१७ अंकले घटेर २०६२ बिन्दुमा आइपुगको नेप्सेमा कुल १ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ।
बिहीबार २२९ कम्पनीको कुल ४१ लाख ५६ हजार १०४ कित्ता सेयर कारोबार भएको छ।
बिहीबार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ।