काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो जन्मस्थल भोजपुरमा १० फिट अग्लो शिवमूर्ति स्थापना गरी विधिवत् पूजा गरेका छन् ।
भोजपुर नगरपालिका–९ स्थित कैलाश डाँडामा ६५ लाख रुपैयाँ खर्चमा शिवमूर्ति स्थापना गराएका हुन् । उनले आफ्ना पितापुर्खाको सम्झनामा उक्त शिवमूर्ति स्थापना गरेको बताएका छन् । यसअघि नै उनले आफ्नो आधा सम्पत्ति फाउन्डेसनमा राखेर समाजसेवा गर्ने उद्घोष गरिसकेका छन् ।
भोजपुरमा उनले जिल्ला अस्पतालमा नेपाल चिकित्सक संघको पहलमा ताइवानको बुद्धिस्ट सू ची फाउन्डेसनको सहयोगमा स्थापित ४० सिलिन्डर क्षमताको अक्सिजन प्लान्टको उद्घाटन पनि गरेका थिए ।