घट्यो सुनको भाउ

न्युजलय ४ पुस २०७८, आइतबार ११:११ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनको भाउ चार सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार सय रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा पाँच रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।