काठमाडौं । बिहीबार(आज) सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदी ३० रुपैयाले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।