विराटनगर । मोरङमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएका छन्।
नेपाल नर्सिंग संघ मोरङले बुधबार विराटनगरस्थित कोशी अस्पतालमा चरणबद्ध आन्दोलनबारे जानकारी गराएको छ।
अस्पतालमा कार्यरत नर्सको पारिश्रमिकलगायतको माग राखेर आन्दोलित हुनु परेको नर्सिंग संघ मोरङले जनाएको छ ।
पारिश्रमिकका विषयलाई लिएर देशका विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित रहेका छन्।