सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीद्धारा ६ सेल अश्रुग्यास प्रहार

न्युजलय २३ चैत २०८०, शुक्रबार ०२:३६ मा प्रकाशित

इटहरी । सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

सुनसरीको हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटनाले उग्ररुप लिदाँ दुई जना युवा घाइतेसमेत भएका छन् ।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनरत पक्षले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो । हरिनगरा १ र २ रामनगर भुटाहामा दुई पक्षबीच झडप भएको हो ।

मुस्लिम समुदायको ज्यादती भन्दै स्थानीय हिन्दु समुदायका स्थानीयले न्यायको माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।

प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञासमेत गरेको छ ।