काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अंकमा झरेको छ ।
नेप्से मंगलबार(आज) १४.२६ अंकले घटेको हो । आज कारोबार रकम पनि घटेको छ ।
मंगलबार ५१ कम्पनीको मूल्य बढ्यो भने १३१ को घट्यो । ११ कम्पनीको भने स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक २६, फाइनान्स १४, जलविद्युत् १६, जीवन बीमा २१९, उत्पादन १५, लघुवित्त ३४, निर्जीवन बीमा ७६ र अन्य उपसमूह २० अंकले घटे । होटल तथा पर्यटन समूह मात्रै २५ अंक बढ्यो ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल, नेस्डो लघुवित्त र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र हिमालयन डिस्टिलरी अगाडि रहे ।