काठमाण्डौ । सुनको भाउ शुक्रबार (आज) फेरि एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै, यो हप्ता चाँदीको भाउ समग्रमा ५ रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज अन्तिम दिन १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।