काठमाडौं । देशभर आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घण्टामा १ हजार ४२९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हाल देशभर संक्रिय संक्रमितको संख्या ७८ पुगेको छ।
आज ३ जना संक्रमणमुक्त भएका छन्। केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। छिमेकी भारतमा संक्रमण बढ्दै जाँदा सीमा नाका हुँदै भारतबाट नेपाल आउनेहरुमा संक्रमण देखिने क्रम बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।