धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएर तीन जना बेपत्ता भएका छन् ।
प्रहरी चौकी शेर्पुङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै छ । काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बाटो बनाउँदा पहिरो गएर चालकसहित डोजरमा सवार तीन जना पुरिएका हुन् ।