झापामा ८४ वर्षीय ज्येष्ठ नागरिकको जलेर मृत्यु

न्युजलय ३० कार्तिक २०८२, शनिवार १२:३० मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक ज्येष्ठ नागरिक जलेको अवस्थामा फेला परेका छन् ।

शुक्रबार राति ८४ वर्षीय डिल्लीराम अधिकारी घरबाहिर आगनमा शरीरमा आगोले जलेको अवस्थामा फेला परेका थिए ।

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ ।

परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए ।