काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइनबाट लिन सकिने भएको छ ।
२०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको शिक्षा मन्त्री विद्या भट्टराइले जानकारी दिइन् ।
हालका लागि भुक्तानी कनेक्ट आइपीएसबाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।