सुनको मूल्य घट्यो

न्युजलय २२ भदौ २०७९, बुधबार ०६:२८ मा प्रकाशित

काठमाण्डौ । बुधबार(आज ) छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कायम भएको छ । 

साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कायम भएको छ ।