पाख्रीबासमा पिकअप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

न्युजलय २६ पुस २०८१, शुक्रबार ०४:०० मा प्रकाशित

धनकुटा । पाख्रिबासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

पाख्रिबास नगरपालिका–३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा बिहीबार राति को १ ज २६३९ नम्बरको पिकअप दुर्घटना भएको हो ।

तीन वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा पिकअप सडकबाट करिब १५० मिटर तल खस्दा चालक पाख्रिबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लहान–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको थियो भने चालक तामाङलाई जिल्ला अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको छ ।