काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले एक वर्षको लागि प्रभाकरलाई नियुक्त गरेको जनाएको छ ।
पुबुदु दासानायकेले नेपाली क्रिकेट छाडेर क्यानडा गएपछि नेपालले नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकरले भारतबाट ३९ टेस्ट र १ सय ३० ओडिआई खेल खेलेका छन् ।
ओडिआईमा उनले दुई शतक र ११ अर्धशतक सहित १ हजार ८ सय ५८ रन बनाएका छन् । ओडिआईमा १ सय ५७ विकेट लिएका छन् । टेस्टमा ९६ विकेट लिँदा उनले १ शतकसहित १ हजार ६ सय रन बनाएका छन् ।
उनीले प्रशिक्षकको रुपमा अफगानिस्तानसँगै रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको टोली सम्हालिसकेका छन् ।
प्रभाकर सन् २०१५ अन्तिममा अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका थिए । अफगानिस्तानले २०१६ को टि२० विश्वकप उनकै बलिङ प्रशिक्षक खेलेका थिए । सन् १९९९ मा उनलाई म्याच फिक्सिङको आरोपमा भारतले खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।