घट्यो सुनचाँदीको मूल्य

न्युजलय १६ माघ २०७८, आइतबार ०५:२४ मा प्रकाशित

 काठमाडौं । अइतबार(आज) सुनको मूल्य घटेको छ ।

गत शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० ले घटेको हो ।  आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको छ । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।